गृहमन्त्री र सहकारी ठगीको मुद्दामा यति लामो हेर्दाहेर्दै ?

गृहमन्त्री र सहकारी ठगीको मुद्दामा यति लामो हेर्दाहेर्दै ?

गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको रिट हेर्दाहेर्दैमा गएको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको २ नम्बर इजलासमा पेशी तोकिएको मुद्दा सुनुवाइ नसकिएका कारण हेर्दाहेर्दैमा राखिएको हो । इजलासले १८ गते अर्को पेशी राख्न आदेशसमेत दिएको छ ।  

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको जिकिरसहित उनलाई पदबाट निलम्बनको मागसहित अधिवक्ता अनुपम भट्टराईले जेठ १४ गते रिट दायर गरेका थिए । राजनीतिक चासो जोडिएको यो मुद्दा कहिले हेर्न नमिल्ने त कहिले हेर्न नभ्याइनेमा पर्दै आएको छ । दुई पटक सुनुवाई स्थगितसमेत भएको छ । 

दोश्रो महिला प्रधान न्यायाधीश बन्ने रोलक्रममा रहनुभएकी सपना श्रीमान र उच्चको मुख्य चलाइसक्नुभएकी सारङ्गा श्रीमान लाखौं जनताको सरोकार जोडिएको यो मुद्दामा राम्रो नजिर बन्नेगरी फैसला लेख्न यति लामो समय लिइएको ठान्नेहरुको पनि यहाँ कमि छैन ।

शुरुमा सर्वोच्च प्रशासनले रिट दर्ता गर्नै अस्वीकार गरेको थियो । पछि न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले दरपीठविरुद्ध आदेश दिएपछि बल्ल दर्ता भएको हो । जेठ २० मा न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले पोखराबाट कागजात झिकाउन आदेश दिएको थियो । जेठ २८ गते पनि न्यायाधीश श्रेष्ठ र डा.मनोज शर्माको इजलासले बुटवलबाट थप कागजात झिकाउन आदेश गर्यो । 

गृहमन्त्री लामिछानेविरुद्धको यो मुद्दासँग सरकार सत्ता समीकरणको भविश्य जोडिएको चर्चा भैरहँदा अदालतले ११ दिनपछि पेशी तोक्ने आदेशसहित हेर्दाहेर्दैमा राखेपछि थप आशंका उत्पन्न भएको छ । सामान्यतया अदालतले कुनै पनि मुद्दा हप्तौंसम्म हेर्दाहेर्दैमा राख्ने गरेको पाइँदैन । त्यसो त दोश्रो महिला प्रधान न्यायाधीश बन्ने रोलक्रममा रहनुभएकी सपना श्रीमान र उच्चको मुख्य चलाइसक्नुभएकी सारङ्गा श्रीमान लाखौं जनताको सरोकार जोडिएको यो मुद्दामा राम्रो नजिर बन्नेगरी फैसला लेख्न यति लामो समय लिइएको ठान्नेहरुको पनि यहाँ कमि छैन ।

रविको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा पनि यस्तै आशंका उब्जाउने गरी अदालतले छ महिना पछि मङ्सिर १७ लाई सारेको छ ।

टिप्पणीहरू