संसदका कर्मचारीसँग वार्ता गर्नुपर्नेमा केपी ओलीको जोड

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद सचिवालयका कर्मचारीको माग वार्ताद्वारा समाधान गर्नुपर्ने बताउनुभएको छ ।  

आज संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सो धारणा राख्नुभएको हो । कर्मचारीहरुको मागलाई सकारात्मक निष्कर्ष निकाल्न अविलम्व वार्ता गर्नुपर्नेमा ओलीले जोड दिनुभयो ।

‘यो वार्ताद्वारा अविलम्व सकारात्मक निस्कर्षका साथ समाधान गर्नुपर्छ’, उहाँले भन्नुभयो । 

 सेवा सुविधा बढाउन माग गर्दै संसद सचिवालयका कर्मचारीहरु केही दिनयता आन्दोलनमा छन् । ११ बुँदे मागसहित कर्मचारी आन्दोलनमा उत्रिएपछि संसदका काम कारवाही प्रभावित भैरहेको छ ।

उनीहरुका मागबारे सरकारले समिति बनाएर छलफल अगाडि बढाएको छ ।

टिप्पणीहरू