प्रतिनिधि सभाका सांसदले रक्सी पिएको कुरा राष्ट्रिय सभामा पनि उठ्यो

प्रतिनिधि सभाका सांसदले रक्सी पिएको कुरा राष्ट्रिय सभामा पनि उठ्यो

संसद बैठकमा रक्सी पिएर आउने सांसदलाई छ महिना निलम्बन गर्नुपर्ने माग उठेको छ । आजको राष्ट्रियसभा बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद जीतजंग बस्नेतले त्यस्तो माग गरेका हुन् । 

‘केही दिनअघि प्रतिनिधिसभामा महिला सांसदले एक जना पुरुष सांसद रक्सी खाएर संसदमा आउनुहुन्छ भन्नुभयो, यदि त्यसो हो भने कारबाही हुनुपर्छ’, उनले भने, ‘संसदको अनुशासनको कुरा गरेर आफैँ अनुशासनहीन नहोस्, त्यस्तो कार्य भए छ महिनाको निलम्बन हुनुपर्छ।’

सांसद बस्नेतले शिक्षक, प्रहरी, सेनालगायत कर्मचारीको तलब बढाउन पनि माग गरेका छन् ।

टिप्पणीहरू