बालेनसँग यसर्थ बाझ्दिनन् सुनिता

बालेनसँग यसर्थ बाझ्दिनन् सुनिता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को काठमाडौं जिल्ला अधिवेशन २६ गते उद्घाटन भई २९ गते दीपक निरौलालाई दोस्रो पटक नेतृत्व सुम्पिएर समाप्त भएको छ । सर्वसम्मतको वातावरण बन्ने अवस्थामा विद्यासुन्दर शाक्यले आफूपनि दाबेदार भएको छनक दिएका थिए ।

निरौलाविरुद्ध महानगर कमिटीका पूर्वअध्यक्ष निर्मल देउलाले दावेदारी प्रस्तुत गरेका थिए । काठमाडौं नेवारबाट छोरी लगेका नेता धेरै भएकाले काठमाडौंको नेतृत्व नेवारलाई दिनुपर्ने भन्दै लबिङसमेत भएको थियो । उपसचिव पदमा निर्विरोध निर्वाचित विन्दु श्रेष्ठबाहेक दुई प्यानल चुनावमा भिडेका थिए । देउलालाई नेवारभित्र पनि दलितका रूपमा व्याख्या गर्दै खुइल्याउने काम भएको बताइन्छ । 

काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले मेयर बालेन्द्र साहसँग केमेष्ट्री मिलाएर पार्टीलाई फाइदा हुने काम कम गरेको एमालेको निष्कर्ष छ । यसअघिका मेयर विद्यासुन्दर शाक्यसँग नेपाली कांग्रेसबाट जितेकी उपमेयर हरिप्रभा खड्गीले सिंगौरी खेल्दा घरको न घाटको भएजस्तै अवस्थालाई टार्न आफू बालेनसँग मिल्न बाध्य भएको सुनिताको रिपोर्टिङ छ । ०८४ को चुनावका निम्ति मेयर पदलाई टार्गेट गरेका कारण पनि विवादभन्दा सुविचारित र सुरक्षित कामलाई सुनिताले प्राथमिकतामा राखेको बताइन्छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू