नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक शुरु
काठमाडौंमा नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औं बैठक शुरु भएको छ । बैठकमा द्विपक्षीय सम्बन्ध र सहयोगबारे छलफल हुने बताइएको छ ।
बैठकमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, आर्थिक सहयोग, व्यापार, लगानी, पर्यटन, सम्पर्क सञ्जालको क्षेत्रमा हुने सहयोग आदानप्रदानबारे पनि छलफल गरिँदै छ ।
बैठकमा चिनियाँ प्रनिनिधि मण्डलको नेतृत्व चिनियाँ उपविदेशमन्त्री सुन वेइतोङ र नेपाली पक्षको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालले गर्नुभएको छ ।
बैठकमा सहभागी हुन चिनियाँ उपविदेशमन्त्री नेतृत्वको टोली हिजो बिहान काठमाडौं आइपुगेको हो ।
टिप्पणीहरू