सत्तारुढ ठूला दल सबै नेता जोगाउने अभियानमा : काँग्रेस महामन्त्री

नेपाली काँग्रेसका सांसद तथा महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताको मुद्दाभन्दा सहकारी प्रकरणमा सभापति जोगाउन चिन्ता भएको बताएका छन् । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले रास्वपालाई सभापति रवि लामिछानेको मात्र चिन्ता भएको दाबी गरेका हुन् ।

त्यस्तै उनले एमालेलाईसमेत गिरिबन्धु प्रकरणबाट अध्यक्ष जोगाउनुपर्ने चिन्ता भएको बताए । 

‘एउटा दललाई कसरी हुन्छ आफ्नो दलको सभापतिलाई सहकारी ठगीबाट जोगाउन सकियोस्, कारबाहीको प्रक्रियाबाट जोगाउन सकियोस्, एउटा दलको चिन्ता जम्मा त्यति मात्रै छ’, उनले भने, ‘अर्को दलको चिन्ता कसरी हुन्छ आफ्नो अध्यक्ष गाँसिएको गिरिबन्धुको ठगीबाट अध्यक्षज्यूलाई जोगाउन सकियोस् भन्ने छ ।’

सांसद शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भने सत्ताको गणितबारे मात्रै चिन्ता भएको बताए । उनले थपे, ‘प्रधानमन्त्रीजीलाई गणितलाई कसरी रक्षा गर्ने भन्ने मात्रै चिन्ता छ । प्रधानमन्त्रीजी उपप्रधानमन्त्रीले बोलेको कुराको जवाफ दिएर बस्नुपरेको छ ।’

टिप्पणीहरू