गृहमा यस्तै यस्तै देखिन्छन् ग्वार्ग्वारी

गृहमा यस्तै यस्तै देखिन्छन् ग्वार्ग्वारी

मन्त्री छन्, स्टण्टबाज, इमान र आदर्शका ठूला कुरा गर्ने, कर्मचारी भटाभट भित्रिरहेका छन्, भ्रष्टाचार र अनियमिततामा डामिएकाहरू । 

हालै मात्र गृहमा ५० लाख घुस काण्डमा मुछिएका एक सहसचिवले इन्ट्री पाएका छन्– लालबाबु कवारी । उनी सिराहाको सिडिओ हुँदा ५० लाख घुसकाण्डको अडियो गृह मन्त्रालयमा पुग्यो । लगत्तै गोरखा पठाइए, बीच बाटोमा सरुवा उल्टियो । यसअघि उपसचिव हुँदा २० लाख घुस काण्डमा मुछिएर निलम्बनमा परी विशेषबाट सुनपानी छर्किएका कवारीले गृह प्रवेशको अवसर पाएका हुन् । उनी लुम्बिनी प्रदेशमा थिए । 

बालेन साहले लखेटेका बसन्त अधिकारीले पनि गृहकै ओत पाएका छन् । उनलाई विपद् प्राधिकरणको हाकिम बनाइएको छ । कास्कीका प्रजिअ वासुदेव घिमिरे १ महिने वैदेशिक अध्ययनमा अमेरिकातिर निस्कने भएसँगै विपद्का हाकिम भरत पाण्डेलाई कास्की खटाएर त्यहाँ बसन्तलाई भिœयाइएको हो । गोगनबहादुर हमाल अहिले गृहको आन्तरिक व्यवस्थापन महाशाखामा पुगेका छन् ।

नक्कली लाइसेन्स प्रकरणमा डामिएका नारायण भट्टराई नारायणकाजी गृहमन्त्री हुँदादेखि गृहमै छन् । राष्ट्रिय परिचपत्र हिनामिनामा आरोपित तिर्थराज भट्टराईलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक बनाइएको छ । यस्तै, सुन काण्डमा छानबिन समितिले दोषी ठहर गरेका उमाकान्त अधिकारी गृहकै हर्ताकर्ता छन् । 

यता, गृहमन्त्री लामिछानेले काठमाडौंका प्रजिअ जितेन्द्र बस्नेतलाई हटाउन खोजिरहेका छन् । अघिल्लो वर्ष असार २१ मा जिम्मेवारी सम्हाल्न पुगेका बस्नेतलाई हटाएर त्यहाँ डा. भिष्मकुमार भुसाललाई खटाउने तयारी चल्दै छ । 
 

टिप्पणीहरू