एनएमबिले मनायो अन्तर्राष्ट्रिय एमएसएमई दिवस

एनएमबिले मनायो अन्तर्राष्ट्रिय एमएसएमई दिवस

एनएमबि बैंकले अन्तर्राष्ट्रिय एमएसएमई दिवस, २०२४ विविध कार्यक्रम आयोजना गरेर मनाएको छ । बैंकले सातै प्रदेशका आफ्ना एमएसएमई ग्राहकलाई सम्मान र सहयोग गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रमका साथ उक्त दिवस मनाएको छ । 

कार्यक्रममा बैंकका विभिन्न शाखाका आठ सयभन्दा बढी ग्राहकको उपस्थिति रहेको बैंकले जनाएको छ । सो क्रममा एमएसएमईका ग्राहकलाई लेखा, वित्त, मार्केटिङ्ग, डिजिटलाईजेशनजस्ता विषयको बारेमा जानकारीसहित यसबाट अधिकतम फाइदा लिएर व्यवसाय अभिवृद्धि गर्न उत्प्रेरित गरिएको बैंकले जनाएको छ । 

कार्यक्रममा उपस्थित ग्राहकबीच सम्बन्ध विस्तार र उनीहरुको व्यवसाय प्रवद्र्धनका लागि बैंकले सहजीकरण गर्दै व्यवसायमा आइपर्ने विभिन्न समस्या समाधानका सुझाव समेत दिएको बताइएको छ । 

केही ग्राहकले आफ्नो सफलताका कथा समेत सुनाएका छन् । एमएसएमईसहित विभिन्न क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको एनएमबि बैंकले विगत तीन वर्षदेखि एमएसएमई दिवस मनाउँदै आएको छ ।

यस्ता कार्यक्रममा उपस्थित ग्राहकहरुले प्रतिस्पर्धात्मक बजारमा सशक्त हुँदै आफ्नो व्यापार व्यवसाय बढाउने आत्मविश्वास आर्जन गर्ने बैंकको दाबी छ । विगत २८ वर्षदेखि अनवरत रुपमा बैंकिङ्ग सेवासुविधा प्रदान गर्दै आइरहेको एनएमबि बैंक दि फिनान्सियल टाईम्स लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा चार पटक एसियाकै सर्वोकृष्ट बैंकको उपाधि ‘बैंक अफदिइयर एसिया’ बाट सम्मानित भइसकेको छ । नेपालभर यसका २०१ शाखा, १८८ एटिएम र ११ एक्सटेन्सन काउन्टर छन् ।

टिप्पणीहरू