प्रधानमन्त्री भरतपुरको पुरानो मेडिकल कलेजमा

प्रधानमन्त्री भरतपुरको पुरानो मेडिकल कलेजमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरबाट प्रवाह हुँदै आएको स्वास्थ्य सेवाबारे जानकारी लिनुभएको छ । 

सो अवसरमा उहाँले मेडिकल कलेजमा उपचाररत पूर्वमन्त्री घनश्याम दाहाल एवम् अन्य बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको बताइएको छ । अस्पतालमा कार्यरत स्वास्थकर्मीसँग अन्तरक्रिया गर्नुका साथै त्यहाँबाट प्रवाह हुँदै आएको सेवाबारे प्रधानमन्त्रीले जानकारी लिनुभएको छ ।

अस्पतालबाट दैनिक एक हजारभन्दा बढी बिरामीले ओपिडी सेवा लिँदै आएको अस्पतालले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड आजै अपरान्ह चितवन पुग्नुभएको हो ।

टिप्पणीहरू