शीतल निवासको करेसामा रोपाईं, आँगनमा दही चिउरा

शीतल निवासको करेसामा रोपाईं, आँगनमा दही चिउरा
सुन्नुहोस्

राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासको पछाडि भागको खाली जग्गामा बाउसे गर्नुभएको छ ।

प्रथम महिला तथा उहाँकी श्रीमती सबिताले बायाँ हातमा रोपोको मुठो समातेर दायाँ हातले साडीलाई हिलो लाग्नबाट जोगाउनुभएको छ ।

राष्ट्रपति कार्यालयको पछाडिको करेसामा नेपाली सेनाका जवानहरुले खनेर र पानी हालेर ठिक्क पारेको जमिनमा राष्ट्रपति पौडेलले कोदाली समातेर बाउसे गर्नुभएको हो । श्रीमती पाैडेलले रोपो रोप्नुभएको छ ।

उहाँहरुले सैनिक सुरक्षा घेरामा असार १५ का दिन रोपाईं गरेर धान दिवस मनाउनुभएको हो । रोपाईंपछि शीतल निवासको पूर्वतिरको आँगनमा दही चिउरा कार्यक्रम राखिएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनमा आज बिहान मेशिनले धान रोपाईं गर्नुभएको हाे ।

टिप्पणीहरू