प्रचण्डलाई ‘केही भएकै छैन’ भन्दै झुक्याइएको प्रकरण

प्रचण्डलाई ‘केही भएकै छैन’ भन्दै झुक्याइएको प्रकरण
सुन्नुहोस्

नेपाली काँग्रेस र नेकपा एमालेबीच भएको सत्ता सहकार्यको सहमतिले राजनीतिक क्षेत्रमा ठूलो तरङ्ग ल्याएको छ । गएराति भएको सहकार्यले नेकपा माओवादी केन्द्रभित्र हलचल मच्चिएको छ । वर्तमान प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार संकटमा परेको छ । 

उनलाई राजीनामा दिएर मार्गप्रशस्त गरिदिन एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुझाव दिएका छन् । आज बिहान बालुवाटार पुगेका ओलीले पछिल्लो राजनीतिक घटनाक्रमअनुसार राजीनामा दिएर बाहिर निस्किन सुझाएपछि उनले पार्टीमा छलफल गरेर जवाफ दिने बताएका छन् । 

तर,प्रचण्ड राजीनामा दिने ‘मुड’ मा छैनन् । उनले राजीनामा नदिएर संसदको सामना गर्ने निर्णय गरेका छन् । आज बिहान बसेको पार्टी पदाधिकारी बैठकमा उनले सँसद फेस गर्ने बताएका हुन् । माओवादी एक नेताका अनुसार भेटका क्रममा ओलीले ‘केही भएकै छैन’ भन्दै उनलाई झुठो आश्वासन दिइरहेका थिए ।

आज बिहान पनि त्यही कुरा दोहोर्याउनुभएछ । अध्यक्षले यत्रो भइसक्यो अझै किन ढाँट्नुहुन्छ भनेपछि उहाँले काँग्रेसले राष्ट्रिय सहमतिको सरकार ल्याउने प्रस्ताव गरेको बताउनुभएछ’,

हिजो बिहान चार घण्टा लामो छलफलमा ०८४ सम्म सँगै मिलेर जाने बताएका ओलीले आज बिहान पनि स्पष्ट कुरा नराखेको ती नेताको भनाइ छ  । ‘आज बिहान बसेको बैठकमा तत्काल राजीनामा नदिने निर्णय भएको छ । हिजो ओलीले केही बिग्रिएको छैन, दायाँबायाँ भएको छैन भन्दै हुनुहुन्थ्यो । आज बिहान पनि त्यही कुरा दोहोर्याउनुभएछ । अध्यक्षले यत्रो भइसक्यो अझै किन ढाँट्नुहुन्छ भनेपछि उहाँले काँग्रेसले राष्ट्रिय सहमतिको सरकार ल्याउने प्रस्ताव गरेको बताउनुभएछ’, उनले भने । 

प्रचण्डले ओलीलाई पहिले नै प्रधानमन्त्री चलाउन बाटो छोडिदिएको ती नेता बताउँछन् । भन्छन्,‘अध्यक्षले पहिले नै प्रधानमन्त्री खानुस् भन्नुभएको थियो । उहाँले ओलीसँग भेटको क्रममा आफू प्रधानमन्त्री भए पनि वामपन्थीहरु मिलाउनु मुख्य उद्देश्य भएको कुरा राख्नुभयो । नत्र काँग्रेसले त पहिल्यै प्रधानमन्त्री चलाउनु भनेकै थियो ।’ 

ओलीले सहमति नभएको भनी घुमाइरहँदा काँग्रेस सभापति शेरबहादुर देउवाले बिहान प्रचण्डलाई सम्पर्क गरेर ओलीसङ्ग मिली दुई तिहाईको सरकार बनाउने,संविधान संशोधनलगायतका विषयमा समझदारी भएको जानकारी दिएका छन् ।

टिप्पणीहरू