संविधान संशोधनपछि नेपालको राष्ट्रिय सभाका अध्यक्ष र उपराष्ट्रपति एकै जना : भारतीय मिडिया

संविधान संशोधनपछि नेपालको राष्ट्रिय सभाका अध्यक्ष र उपराष्ट्रपति एकै जना : भारतीय मिडिया
सुन्नुहोस्

नेपाली काँग्रेस र एमालेबीच गएराति भएको सहमतिको मुख्य विषय सरकार गठन र संविधान संशोधनसङ्ग सम्बन्धित छ ।

प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीको अन्त्य गर्दै राष्ट्रिय सभालाई पूर्ण समानुपातिक बनाइने सहमति भएको बताइएको छ ।

टाइम्स अफ इण्डियाले नेपाली काँग्रेस स्रोतको हवाला दिँदै भूतपूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा हुने संविधान संशोधन सुझाव आयोगले राष्ट्रिय सभाका अध्यक्ष र उपराष्ट्रपति अलग अलग हुने हालको व्यवस्थाको सट्टा एउटै व्यक्ति हुने सिफारिस गर्ने जनाएको छ । यसका लागि मुलुकका दुई ठूला दलले हिजो सहमति गरेका छन् ।
यो भनेको भारतको जस्तै प्रणाली हो ।

टिप्पणीहरू