आफूविरुद्ध अदालतमा सुनुवाई, भ्रष्टाचारविरुद्ध उभिएको गृहमन्त्रीको भनाई

सुन्नुहोस्

गृहमन्त्री रवि लामिछानेले भ्रष्टहरुलाई जोगाउन काँग्रेस–एमालेको गठबन्धन बनेको बताउनुभएको छ । भ्रष्टारसम्बन्धी ठूला फाइल खोलिने भएपछि त्यसलाई बन्द गर्न नयाँ गठबन्धन बनेको उहाँको दाबी छ । 

‘देशलाई आउन लागेको संकट थियो कि केही भ्रष्ट मानिसहरुलाई आउन लागेको संकट थियो, कसलाई जोगाउनका लागि रातारात परिवर्तन भयो होला ? यति पनि बुझ्न सकिँदैन र ?’ अगाडि भनिएको छ, ‘तपाईंहरू नै भन्नुहुन्थ्यो फाइल खोल्नुपर्यो, फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने गरी भयो ।’ 

नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झाको पक्राउले एमाले र काँग्रेसलाई बेचैनी बनाएको गृहमन्त्रीको दाबी छ । ‘बेचैनीको अरू के अर्थ होला र ? एकाएक संविधान जोगाउनुपर्ने चिन्ता आयो, संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको भन्ने सबैले बुझेकै कुरा हो’, पत्रकारहरुसँगको कुराकानीमा भनिएको छ ।

यता सर्वोच्च अदालतको इजलास नम्बर २ मा गृहमन्त्रीविरुद्ध सहकारी रकम अपलचनको मुद्दामा सुुनुवाई भइरहेको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारदा सुवेदीको इजलासमा अधिवक्ता अनुपम भट्टराईले मन्त्री लामिछाने र महान्यायाधिवक्ताविरुद्ध दायर गरेको रिटमाथि ११ दिनपछि पुनः सुनुवाई भएको हो ।

टिप्पणीहरू