प्रधानमन्त्रीसँग सिंहदरबारमा लगातार भेटवार्ता

प्रधानमन्त्रीसँग सिंहदरबारमा लगातार भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज दिउँसो राजनीतिक दलका नेता, उच्च सरकारी अधिकारी र उच्च तहका कर्मचारीहरुले भेटेका छन् । 

उपप्रधान तथा गृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेले दिउँसो सवा ३ बजेदेखि ४ बजेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री दाहालसँग भेट गर्नुभएको हो । सो अवसरमा रास्वपाका उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्ले पनि उपस्थित रहेको बताइएको छ ।

त्यसअघि २ बजेदेखि ३ बजेसम्म प्रधानमन्त्रीसँग राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, राष्ट्रिय सुरक्षा सल्लाहकार र मुख्यसचिवले भेट गरेको बताइन्छ । उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, सुरक्षा सल्लाहकार शंकरदास बैरागी, निमित्त मुख्य सचिव लिलादेवी गड्तौलाले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् ।

टिप्पणीहरू