हिजो सिफारिस, आज नियुक्त

हिजो सिफारिस, आज नियुक्त
सुन्नुहोस्

पूर्वसचिव सुरेश अधिकारी प्रतिनिधिसभाको सचिवमा नियुक्त भएका छन् । सभामुख देवराज घिमिरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गर्नुभएको हो । नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम अधिकारीलाई नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम खाँदबारी नगरपालिका वडा नम्बर २, कोशी प्रदेश, संखुवासभा जिल्ला निवासी श्री सुरेश अधिकारीलाई संघीय संसद, प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गर्नुभएको छ’, विज्ञप्तिमा भनिएको छ । 

प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डे महासचिव नियुक्त भएपछि उक्त पद रिक्त थियो । सो पदमा नियुक्तिका लागि सभामुख घिमिरेले हिजो राष्ट्रपति पौडेलसमक्ष सिफारिस गर्नुभएको थियो । अधिकारीले केही महिनाअघि शिक्षा मन्त्रालयबाट अवकाश पाएका हुन् ।

टिप्पणीहरू