सरकार नछाड्न रविलाई प्रधानमन्त्रीको आग्रह

सरकार नछाड्न रविलाई प्रधानमन्त्रीको आग्रह
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने नेतृत्वको समूह बालुवाटार पुगेको छ । 

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना सबै मन्त्रीलाई हिजो राति संयुक्त राजीनामा दिन लगाएपछि रास्वपाले पनि आज राजीनामा दिने बताइएको थियो । तर,बिहान बालुवाटारमा भएको कुराकानीमा प्रधानमन्त्रीले उक्त दलका मन्त्रीहरुलाई तत्काल राजीनामा नदिन अनुरोध गर्नुभएको बुझिएको छ ।

प्रधानमन्त्रीले संसदको सामना गर्ने र संसदमै आफ्ना कुरा राख्ने बताउँदै त्यतिञ्जेल सरकार नछाड्न रविलाई आग्रह गर्नुभएको छ । छलफलमा रास्वपाका तर्फबाट लामिछानेलगायत उपसभापति स्वर्णिम वाग्ले,मन्त्री डिपी अर्याल, प्रमुख सचेतक सन्तोष परियारलगायत सहभागी छन् । सर्वोच्चले आज फैसला सुनाउने स्थितिका कारण रवि लामिछाने त्यस अघि नै पद छाड्ने बाध्यतामा छन् ।

टिप्पणीहरू