घनश्याम भुसाललाई मनाएर सर्वसम्मत अध्यक्ष बन्दै माधव नेपाल

घनश्याम भुसाललाई मनाएर सर्वसम्मत अध्यक्ष बन्दै माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाल दोहोरिने निश्चित भएको छ । 

अध्यक्षका अर्का दाबेदार घनश्याम भुसाललाई मनाएर नेपाललाई सर्वसम्मत अध्यक्ष बनाउने प्रयास सहमति नजिक पुगेको जनाइएको छ । असार १६ गतेदेखि जारी महाधिवेशनमा हिजो नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु गर्ने कार्यतालिका थियो । तर, नेताहरु निर्वाचन प्रक्रिया रोकेर सर्वसम्मत नेतृत्वछान्न छलफलमा जुटेका थिए । 

हिजो राति र आज बिहान पटक-पटक भएको छलफलपछि अध्यक्षमा दावी गर्दै आएका भुसाल कार्यकारी अधिकारसहित महासचिव बन्न सहमत भएको बताइएको छ । उनले अध्यक्ष छाड्नुपर्ने भए पार्टीको वरिष्ठ उपाध्यक्ष दिनुपर्ने शर्त राखेका थिए । तर, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई बनाउने तयारी छ । 

पदाधिकारीमा सर्वसम्मत भए केन्द्रीय सदस्य पनि त्यसैगरी चयन गर्ने तयारी छ । महाधिवेशनमा देशभरबाट करिब १८ सय महाधिवेशन प्रतिनिधि सहभागी छन् ।

टिप्पणीहरू