एकीकृत समाजवादीको दश भोट प्रचण्डलाई
नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।
नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गरिरहँदा नेकपा एस प्रधानमन्त्रीको पक्षमा उभिएको हो । सो पार्टीका निवर्तमान महासचिव घनश्याम भुसालले सरकारलाई दिएको समर्थन जारी रहेको पनि उल्लेख गरे ।
एकीकृत समाजवादीले सरकारबाट फिर्ता नहुने यसअघि नै प्रष्ट पारिसकेको छ ।
सरकारको अर्को घटक राष्ट्रिय स्वतन्त्र पार्टीले पनि संसद्को सामना गर्ने प्रधानमन्त्रीको निर्णयलाई समर्थन गरेको छ । आज बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेट गरेपछि सो पार्टीका नेताहरु उक्त निर्णयमा पुगेका हुन् ।
टिप्पणीहरू