प्रधानमन्त्रीले एक सातापछि विश्वासको मत प्रस्ताव गर्दै

प्रधानमन्त्रीले एक सातापछि विश्वासको मत प्रस्ताव गर्दै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी शुक्रबार विश्वासको मत लिनुहुने भएको छ । डेढ वर्षे कार्यकालमा उहाँले पाँचौ पटक विश्वासकोे मत लिन लाग्नुभएको हो । 

सोमबार राति नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ गठबन्धन बनाउने सहमति गरेपछि उनीहरुले प्रधानमन्त्री प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह गर्दै आएका छन् । तर प्रधानमन्त्रीले राजीनामाको सट्टा संसदमा विश्वासको मत सम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने बताउनुभएको थियो ।

नेकपा एमालेले अस्ति बेलुकी सरकारलाई दिएको समर्थन फिर्तासँगै उसका मन्त्रीहरुले राजीनामा गरेपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको हो ।

टिप्पणीहरू