एमाले अध्यक्षको भ्यु टावर पनि चुुर्लुम्म

एमाले अध्यक्षको भ्यु टावर पनि चुुर्लुम्म

शुक्रबार रातिदेखि परेको लगातारको वर्षाका कारण अधिकांश नदी,खोलामा बाढी आएको छ । पहाडी भूभागमा पहिरो गएको छ भने तराईको अधिकांश भाग जलमग्न छ ।

वर्षाको कारण झापाको दमकबाट उत्तरमा रहेको दापागाछीस्थित १८ तले भ्यु टावर वरपरको भूभाग सबै डुबेको छ । ग्रामीण भेगमा एक अर्ब ७० करोड रुपैयाँमा बनाइएको यो टावरको उद्घाटन भएको छैन भने सञ्चालनको कुनै व्यापारिक सम्भावना पनि देखिन्न । 

एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा उद्घोष गरिएको यो भवन उहाँ दोस्रो पटक प्रधानमन्त्री हुँदा २०७६ असारमा शिलान्यास गरिएको थियो । दमक उहाँको निर्वाचन क्षेत्र पनि हो ।

महालेखापरीक्षक कार्यालयको ६० औं वार्षिक प्रतिवेदनमा उक्त टावर निर्माणको औचित्य र सञ्चालन सम्भावनाबारे गम्भीर कैफियत औंल्याइएको छ ।

टिप्पणीहरू