‘दुई बृद्धले व्यापारीको कोठामा बसेर गरेको हस्ताक्षर देशले बोक्दैन’

‘दुई बृद्धले व्यापारीको कोठामा बसेर गरेको हस्ताक्षर देशले बोक्दैन’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले संविधान संशोधनको विषय सार्वजनिक रुपमा बहसमा ल्याउनुपर्ने बताएका छन् । 

प्रतिनिधिसभा सांसदसमेत रहेका उनले के–के विषयमा संविधान संशोधन गर्ने भन्नेबारे राष्ट्रिय बहस आवश्यक पर्ने धारणा राखेका हुन् । नेपाली काँग्रेस र एमालेबीच भएको पछिल्लो समझदारीप्रति असन्तुष्टि जनाउँदै झाले दुई पार्टीका दुईजना वृद्ध नेताले व्यापारीको घरमा बसेर गरेको सहमति देशले स्वीर्कानुपर्छ भन्ने नरहेको बताए । 

संविधान संशोधनजस्तो गम्भीर विषयमा सर्वपक्षीय सहमति हुनुपर्नेमा जोड दिएका उनले हचुवामा गरिने निर्णय मान्य नहुने चेतावनी दिए । 

‘संविधान संशोधनमा के–के बुँदा छ भनेर उहाँहरुले सार्वजनिक गर्नुपर्यो । सार्वजनिक गरेपछि त्यसलाई सार्वजनिक रुपमा वहस पनि गर्नुपर्यो’, सांसद झाले भने, ‘दुईवटा पार्टी र दुईवटा वृद्ध कुनै व्यापारीको कोठामा बसेर गरेको सहमतिलाई देशले स्वीकार्नुपर्छ भन्ने छैन नि ! कुनै एउटा प्रायोजित व्यापारीको घरमा मध्यरातमा दुईवटा वृद्ध गएर हस्ताक्षर गरे भनेपछि सबैले मानिदिनु पर्छ भन्ने हुँदैन ।’

जनतालाई ‘डेलिभरी’ दिन सकेमा काँग्रेस–एमाले समीकरणले निरन्तरता पाउने अन्यथा अर्कोले पालो पाउने भन्दै उनले यसमा आफूहरु दुःखी नभएको पनि स्पष्ट पारेका छन् ।

टिप्पणीहरू