सेनाका अर्का हाकिम यौनकाण्डमा समातिए

सेनाका अर्का हाकिम यौनकाण्डमा समातिए

मुलुककै सबैभन्दा अनुशासित संगठन मानिने नेपाली सेना केही हाकिमका कारण बद्नाम बन्दै गएको छ । अधिकृतहरू उमेर विवाददेखि महिला काण्डमा समेत मुछिन थालेका छन् । यसबीच महासेनानी दिरेन्द्रकुमार मल्लको जन्ममितिमा कैफियत देखिएपछि जर्नेल बनाउने भन्दै अमेरिकाबाट झिकाएर बर्खास्त गरिएको छ ।

यता, प्रमुख सेनानी विशेष पौडेल महिला काण्ड लागेर सैनिक हिरासतमा पुगेका छन् भने सोही प्रकृतिको लफडामा अर्का लेफ्टिनेण्ट कर्णेल तुलबहादुर बोहोरालाई समेत सैनिक प्रहरीले हिरासतमा राखेको छ । आफ्नै कार्यालयकी महिला सैनिकलाई होटलमा बोलाएको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ । 

काठमाडौंको डिल्लीबजारस्थित बन्दोबस्ती अड्डामा कार्यरत उनले अनैतिक उद्देश्यसहित आफूलाई बोलाएको भन्दै महिला ब.का.सि (बन्दोबस्ती कार्य सिपाही) ले उजुरी दिएकी थिइन् । त्यसलगत्तै सैनिक प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनी आफ्नो हिरासतमा रहेको सेनाका सूचना अधिकारी सहायक रथी गौरवकुमार केसीले पुष्टि गरे । ‘केही दिनदेखि निगरानीमा हुनुहुन्छ । उहाँमाथि सैनिक आचरणविपरीतको कसूर गरेको आरोप छ । अहिले यस विषयमा छानबिन भइरहेको छ’, उनले भने ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू