प्रधानमन्त्रीको विपक्षमा उभिन सांसदहरुलाई कांग्रेसको ह्वीप
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ । भाेलि प्रधानमन्त्रीले विश्वासको मतका लागि राख्ने प्रस्तावको विपक्षमा मतदान गर्न प्रमुख सचेतक रमेश लेखकले सांसदहरुलाई निर्देशन दिएका हुन् ।
कांग्रेसले भोलि प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुने र तटस्थ नरहन पनि सांसहरुलाई स्पष्ट निर्देशन दिएको छ।
‘असार २८ गते शुक्रबारका दिन विहान ११ बजे प्रारम्भ हुने प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन (ह्वीप) जारी गरिन्छ’, लेखकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ला लिएपछि प्रधानमन्त्री प्रचण्डले भोलि विश्वासको मत लिने प्रतिनिधिसभाको कार्यसूची छ ।
टिप्पणीहरू