प्रधानमन्त्रीलाई भोट दिन एकीकृत समाजवादीको ह्वीप

प्रधानमन्त्रीलाई भोट दिन एकीकृत समाजवादीको ह्वीप

नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने औपचारिक निर्णय गरेको छ । 

आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीले भोलि प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव राख्दा पक्षमा मतदान गर्ने निर्णय गरेको हो । पार्टी उपाध्यक्ष तथा सांसद राजेन्द्रप्रसाद पाण्डले आफ्ना सबै सांसदहरुलाई विश्वासको मत दिन ह्वीप जारी गरेको जानकारी दिनुभयो । 

एकीकृत समाजवादीले यसअघि नै काँग्रेस–एमाले गठबन्धनमा सहभागी नहुने निर्णय गरिसकेको छ ।

टिप्पणीहरू