काँग्रेसलाई प्रधानमन्त्रीको सुझाव : असंवैधानिक बहादुरीमा रमाउनेहरुबाट जोगिनुहोला

काँग्रेसलाई प्रधानमन्त्रीको सुझाव : असंवैधानिक बहादुरीमा रमाउनेहरुबाट जोगिनुहोला
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेसलाई संसद र संविधान जोगाउन आग्रह गर्नुभएको छ । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उहाँले ’संविधान नकुल्चेसम्म बहादुर भइँदैन’ भन्ने मान्यता बोकेकाहरुबाट संसद बचाउन अनुरोध गर्नुभएको छ । प्रधानमन्त्रीले नयाँ सरकार पनि संविधान नमिची बनाउन सुझाव दिनुभयो ।

‘म काँग्रेस–एमालेका साथीहरूलाई पनि सहकार्यको बधाइसहित केही भन्न चाहन्छु । तपाईहरू संविधान मिच्नतिर नलाग्नुहोला । नयाँ सरकार पनि संविधान नमिची बनाउनुहोला’, उहाँले अगाडि भन्नुभयो, ‘काँग्रेसका साथीहरूलाई बेग्लै मेरो अनुरोध छ, कृपया संसद चाहिँ बचाउनुहोला । संविधान नकुल्चेसम्म बहादुर भइँदैन भन्ने मान्यता बोकेका साथीहरूले संसद नै निल्ने प्रयास गर्न सक्छन् । हिजो हामी मिलेर जोगाएका हौं । अब पनि जोगाउनुहोला र आफू पनि जोगिनुहोला ।’

प्रधानमन्त्री प्रचण्डले विगतमा काँग्रेस र माओवादी केन्द्र मिलेर संसद र संविधान जोगाएको स्मरण पनि गराउनुभयो ।

टिप्पणीहरू