बालकोट जानेलाई समर्थन नहुने भनेका चित्रबहादुर ‘तटस्थ’

बालकोट जानेलाई समर्थन नहुने भनेका चित्रबहादुर ‘तटस्थ’

प्रतिनिधिसभामा एक सिट रहेको राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा तटस्थ बस्ने भएको छ । 

सो पार्टीका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने र नयाँ गठबन्धनलाई पनि समर्थन नगर्ने स्पष्ट पारेका हुन् । विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले अमूक पार्टी वा कुनै व्यक्तिको विरुद्धमा नभई तत्कालको विषयवस्तुको आधारमा आफ्नो पार्टीले यस्तो नीति लिएको जानकारी दिए ।

‘पहिला पनि तपाईंहरु भएभरका सांसदहरुले वर्तमान प्रधानमन्त्रीलाई भोट दिदाँखेरी उहाँको बालकोट यात्राले गर्दाखेरी राष्ट्रिय जनमोर्चाले भोट दिएको थिएन । त्यहाँबाट फर्किएर आएपछि त समर्थन गर्यो नि त । प्रधानमन्त्री बालकोट जाँदाखेरी समर्थन नगर्ने, अनि ९० सिटवाला पार्टीको नेता अहिले बालकोट जाँदाखेरी राष्ट्रिय जनमोर्चाले समर्थन गर्छ ? दुईथरीलाई नै गर्दैन । त्यो प्रष्ट भए हुन्छ’, अध्यक्ष केसीले भने ।
 

टिप्पणीहरू