प्रधानमन्त्री प्रचण्डको डेढ वर्षे सत्ता यात्रामा पूर्णविराम

प्रधानमन्त्री प्रचण्डको डेढ वर्षे सत्ता यात्रामा पूर्णविराम
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त हुनुभएको छ । आज प्रतिनिधिसभाबाट विश्वासको मत नपाएसँगै उहाँ पदमुक्त हुनुभएको हो । 

नेकपा एमालेले समर्थन फिर्ता लिँदै सरकार छोडेपछि प्रधानमन्त्री अल्पमतमा पर्नुभएको थियो । त्यसपछि उहाँले संसदमा आज राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले अस्वीकार भयो । 

२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ । तर, प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ र विपक्षमा १९४ मत पर्यो । त्यस्तै, मत दिन्न भन्नेमा १ मत परेको छ । 

आज २५८ जना सांसद मतदान प्रकृयामा सहभागी भएका थिए ।

२०७९ साल पुस १० गते प्रधानमन्त्री नियुक्त हुनुभएका प्रधानमन्त्री प्रचण्डले आज पाँचौँ पटक विश्वासको मत लिनुभएको हो ।

टिप्पणीहरू