भोलि डाकिएको संसद बैठक पर्सिलाई सर्यो
प्रतिनिधिसभा र राष्ट्रिय सभाको भोलि निर्धारित बैठक पर्सि सारिएको छ । हिजोको बैठकमा सभामुख देवराज घिमिरेले अर्को बैठक आइतबार दिउँसो ३ बजे बस्ने जानकारी गराउनुभएको थियो ।
तर विशेष कारण जनाउँदै उक्त बैठक पर्सि दिउँसो १ बजे सारिएको छ । संघीय संसद् सचिवालयका अनुसार राष्ट्रिय सभाको बैठक पनि भोलिको सट्टा पर्सि बस्ने छ ।
राष्ट्रिय सभाको बैठक भोलि सवा १ बजे डाकिएको थियो । अब पर्सि साढे ११ बजे बस्ने जनाइएको छ ।
टिप्पणीहरू