क्याबिनेटमा थोरै महिलामन्त्री भएकोमा आयोगको आपत्ति

क्याबिनेटमा थोरै महिलामन्त्री भएकोमा आयोगको आपत्ति

राष्ट्रिय महिला आयोगले नयाँ मन्त्रीमण्डलमा समानुपातिक समावेशीता नभएको भन्दै आपत्ति जनाएको छ । प्रधानमन्त्री केपीशर्मा ओलीको नेतृत्वमा हिजो गठित २२ सदस्यीय मन्त्रीमण्डलमा दुई जना मात्र महिलामन्त्री बनाइएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।  

आयोगकी अध्यक्ष कमलाकुमारी पराजुलीले संविधानमा गरिएको व्यवस्थालाई समेत राजनैतिक पार्टीहरुबाट बेवास्ता गरेर महिला नेतृत्वलाई अवसरबाट वञ्चित गरिएको बताएकी छन् । आज जारी विज्ञप्तिमा उल्लेख छ, ‘संविधानको भाग–३ धारा ३८ को उपधारा ४ बमोजिम ‘राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक’ सम्बन्धी व्यवस्थाअनुसार मिति २०८१ असार ३१ गते सम्माननीय प्रधानमन्त्री केपीशर्मा ओलीको नेतृत्वमा गठन भएको २२ सदस्यीय मन्त्रीमण्डलमा संविधानमा व्यवस्था भएअनुरुप समावेशी सिद्धान्तको आधारमा सहभागी नगराई जम्मा दुई जना (९ प्रतिशत) मात्र महिलामन्त्री नियुक्ति हुनुले संविधानमा गरिएको व्यवस्थालाई समेत राजनैतिक पार्टीहरुबाट बेवास्ता गरेर महिला नेतृत्वलाई अवसरबाट वञ्चित गरिएको विषयप्रति राष्ट्रिय महिला आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।’

टिप्पणीहरू