आठौं चीन–दक्षिण एशियाली एक्स्पो जुलाई २३ तारिखदेखि कुनमिङमा शुरु

आठौं चीन–दक्षिण एसिया एक्स्पो र २८औँ चीन कुनमिङ आयात तथा निर्यात मेला जुलाई २३ देखि जुलाई २८, २०२४ सम्म कुनमिङमा आयोजना हुनेछ । 

‘ऐक्यवद्धता र सहयोग अनि साझा विकासको खोजी’ नारा रहेको आठौं चीन–दक्षिण एशिया एक्स्पोमा पहिलो पटक व्यावसायिक मण्डप क्षेत्रलाई उत्पादन कोटीको आधारमा विभाजन गरी गुणस्तर र दक्षता, बजारीकरणमा र प्रदर्शनीको व्यावसायिक स्तरमा सुधार गर्न पहिलो पटक विदेशी व्यापारिक विस्तृत सेवा क्षेत्र तय गर्नेछ । 

साथै, एक्स्पो अनलाइन र अफलाइन दुवै माध्यमबाट आयोजना हुनेछ । यसमा १,५०,०००ः२ को प्रदर्शनी क्षेत्रसहित १५ वटा मण्डपहरू तय गर्नेछ । अनलाइन प्रदर्शनी, प्रदर्शन, प्रत्यक्ष प्रसारण र वार्तालापका लागि अनलाइन प्रदर्शनी प्लेटफर्म निर्माण गरिएको छ । 

युन्नान विश्वभरका साथीहरूलाई चीन–दक्षिण एशिया एक्स्पोमा सहयोग गर्न, भविष्यको व्यापारिक अवसरका बारेमा छलफल गर्न र ‘युन्नान भनिने जीवनशैली छ’ को अनुभव गर्न इमान्दारीपूर्वक निमन्त्रणा गर्दछ ।

(युन्नान डेली)
 

टिप्पणीहरू