जेलेन्स्कीलाई धम्क्याइएको कोठाबाट चीनलाई थप धम्की

जेलेन्स्कीलाई धम्क्याइएको कोठाबाट चीनलाई थप धम्की

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई प्रतिशोधात्मक कदम फिर्ता लिन चेतावनी दिएका छन् । उनले अमेरिकाले घोषणा गरेको ३४ प्रतिशत अतिरिक्त भन्सारको बदलामा चीनले पनि लगाएको भन्सार दर फिर्ता लिनुपर्ने अन्यथा आफूले थप ५० प्रतिशत कर लगाउने धम्की दिएका छन् ।

ट्रम्पले राष्ट्रपतिको दोस्रो कार्यकाल सम्हालेयता चिनियाँ सामानमाथि ५४ प्रतिशत भन्सार लगाइसकिएको छ । ह्वाइट हाउसमा बोल्दै ट्रम्पले चीनले लगाएको जवाफी कर फिर्ता नलिए अतिरिक्त ५० प्रतिशत कर लगाउने बताएका हुन् । त्यसो गरे चीनबाट आयात हुने सामानमा १०४ प्रतिशतसम्म भन्सार लाग्ने अवस्था हुन्छ । यस्तो अवस्थामा अमेरिकी बजारमा चिनियाँ सामान छोइनसक्नु महँगो हुनेछ । 

यता चीनले दबाब वा धम्की नदिन आग्रह गरेको छ । संवादको विकल्प नभएको जनाउँदै चीनले अमेरिकी चेतावनीको प्रतिशोध चेतावनीबाटै दिने संकेत गरेको  छ । 

ट्रम्प प्रशासनको हावादारी घोषणापछि विश्व सेयर बजारमा पहिरो गएको छ । आफूले विश्व व्यापार संगठन तथा खुला बजारको सिध्दान्त र मान्यता विपरित कर लगाउने तर अरुले लगाउन नपाउने अमेरिकी राष्ट्रपतिको अचम्मको मापदण्डको विश्वभर विरोध भएको छ । चिनियाँ सामान महँगो भई आफ्नो दैनिकीमा असर पर्ने भएपछि अमेरिकीहरुले ट्रम्प नीतिको मुलुकभर विरोध प्रदर्शन गरेका छन् ।

टिप्पणीहरू