जनार्दनको टाउको दुखाउन विमला प्रचण्डतिर
नेकपा माओवादी केन्द्र भित्र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्मा प्रभाकरविच तिब्र अन्तरसंघर्ष चलिरहेका बेला जनार्दन शर्माको क्षेत्र रुकुमबाटै एक नेतृ खुलेरै प्रचण्डतिर लागेकी छिन । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समितिको अध्यक्ष समेत रहेकी नेतृ विमला केसी अहिले हेडक्वार्टर क्याम्पभित्र प्रबेश गरेकी हुन । यसअघि पनि बेलाबेला त्यस्तै चालामाला देखाउने केसी माओवादी केन्द्रको विद्यार्थी देखि पत्रकार संगठनको चुनावमा खुलेरै लागेकी छिन ।
विद्यार्थीको चुनावमा कर्णालीबाटै जनार्दन शर्मा र हेडक्वार्टर टिमलाई बराबर मत बनाउन सफल केसीले प्रेस सेन्टरको चुनावमा भने हेडक्वार्टर समुहलाई जीताउन सफल भएकी छिन । प्रेस सेन्टरको चुनावमा दिपेन्द्र रावल नेतृत्वको टिम अगाडि बढ्दा केसी प्रचण्ड कार्यालयमा बसेर उनीहरुलाई हराउन तानावाना बुनिरेहकी थिईन । प्रेस सेन्टरको चुनावमा जनार्दन टिम पराजित हुँदा बिमला प्रचण्ड निवासमा बास बसेर गंगा र रेनु दाहालसंग टिकटक बनाएर रमाईरहेकी थिईन । विद्यार्थीको चुनावमा बिमलाले कर्णालीकै नेताहरुलाई हराउन लागेको प्रश्न उठेपछि माओवादीको एक समिक्षा बैठकमा उनले रुदै प्रचण्डको फोन आएपछि आफुले त्यसो गर्न बाध्य भएको बताएकी थिईन ।
जनार्दनको पछि लागेर आफुले भएभरका अवसरहरु लिने र अहिले अरुलाई अवसर दिने समय आएपछि प्रचण्डतिर लागेर जनार्दन र रुकुमको बिपक्षमा काम गर्न थालेको भन्दै जिल्लामा बिमलाको अर्को आलोचना शुरु भएको छ । भेटमा नेता कार्यकर्ताहरुले उनलाई गाली गर्दा सुनेनसुनेझैगरी पञ्छिने गरेकी छिन । काम विगार्ने अनी बैठकमा रोएर जीत्ने चलन भएकी बिमला रुकुममा धेरै अवसर लिने माओवादी नेतामा पर्दछिन । अब क्याम्प बदलेर आगामी निर्वाचनमा सकेसम्म प्रदेश सांसद टिकट लिएर कर्णालीको मुख्यमन्त्री हुने उनको चाहाना छ । त्यसो नभए आफु संघिय सांसद हुनुपर्ने निहुँ खोजेर प्रचण्डकार्ड बिमलालाले फालिरहेकी छिन । जनार्दन शर्माले भने उनको बार्गेनिङलाई कुनै भाउ दिएको देखिदैन ।
टिप्पणीहरू