भारतीय राजदूतद्वारा तीन मन्त्रीसँग भेट,चीनद्वारा सहयोगको सन्देश

भारतीय राजदूतद्वारा तीन मन्त्रीसँग भेट,चीनद्वारा सहयोगको सन्देश
सुन्नुहोस्

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज मध्यान्हदेखि तीन घण्टाको समयमा तीन मन्त्रीसँग भेटवार्ता गर्नुभएको छ भने उत्तरी छिमेकी चीनद्वारा पनि नेपाललाई जस्तोसुकै सहयोग गर्न तयारी अवस्थामा रहेको सन्देश सुनाइएको छ । साढे १२ बजे सिंहदरबार पुग्नुभएका राजदूत साढे १ बजे बाहिरिनुभएको थियो । दिवा भोजन सकेर ३ बजे फेरि त्यहाँ पुग्नुभएका राजदूत श्रीवास्तव साढे ३ बजे लैनचौर फर्कनुभएको छ ।

उहाँकाे सबैभन्दा पहिले ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग  साढे १२ बजेदेखि १ बजेसम्म कुराकानी भएको थियो । ऊर्जा मन्त्रालयबाट निस्के राजदूत सोझै  उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आधा घण्टा भेटवार्तामा सामेल हुनुभयो । आजै उहाँले दिउँसो ३ बजेदेखि साढे ३ बजेसम्म गृहमन्त्री रमेश लेखकसँग पनि गृह मन्त्रालयमा भेटवार्ता गर्नुभएको छ ।

यता आजै परराष्ट्र मन्त्री आरजू राणा र चिनियाँ राजदूत छन सोङ्गवीच सिंहदरवारमा भेटवार्ता भई समकक्षी वाङ्ग यीको बधाइ सन्देश सुनाउने र दुई देशवीच सहयोग र सहकार्य अझै घनिभूत बनाउने बिषयमा २० मीनेटसम्म छलफल भएको बुझिएको छ ।

टिप्पणीहरू