गृहमन्त्रीलाई बधाई दिन नेविसंघका नेताद्वारा प्रदेशभरि उर्दी
नवनियुक्त गृहमन्त्री रमेश लेखकलाई बधाई दिन नेपाली काँग्रेसको भ्रातृ संगठन नेविसंघका केन्द्रीय सदस्यले सुदूर पश्चिमका सबैलाई आग्रह गरेका छन् । केशवराज जोशीले स्थानीय काँग्रेसी नेता तथा कार्यकर्तालाई सामाजिक सञ्जालबाट बधाई ज्ञापन गर्न पनि कञ्जुस्याईं गरेको आरोप लगाएका छन् ।
उनले सामाजिक सञ्जालमा काँग्रेसको इतिहासमा सुदूर पश्चिमबाट गृहमन्त्री बन्ने उनी शेरबहादुर देउवापछि दोस्रो हुँदा पनि नेता तथा कार्यकर्ताले बधाई नदिन कन्जुस्याइँ गरेकोमा अचम्म मानेका छन् ।
‘फरक पार्टीका नेता मन्त्री हुँदा शुभकामना दिनुभयो तर आफ्नै पार्टीको गृहमन्त्री हुँदा सामाजिक सञ्जालमा बधाई दिन असक्त हुनुभयो । बधाई छ ।’
अन्य नेताको विवाह वर्षगाँठ,नेताका छोराछोरीको जन्मदिनमा शुभकामना र बधाई दिनेहरुले लेखकलाई चार दिनसम्म बधाई नदिएको भन्दै रोष प्रकट गरेका हुन्।
सुदूरपश्चिम प्रदेशका पूर्वकानुनमन्त्री शिवराज भट्टको पिए बसिसकेका उनले लेखेका छन्, ‘फरक पार्टीका नेता मन्त्री हुँदा शुभकामना दिनुभयो तर आफ्नै पार्टीको गृहमन्त्री हुँदा सामाजिक सञ्जालमा बधाई दिन असक्त हुनुभयो । बधाई छ ।’
टिप्पणीहरू