सुमीको ओफिन बजारमा बन्देज

सुमीको ओफिन बजारमा बन्देज
सुन्नुहोस्

औषधी व्यवस्था विभागले सुमी फर्मास्युटिकल्सद्धारा उत्पादित औषधीमाथि प्रतिवन्ध लगाएको छ । बजार अनुगमनको क्रममा न्यून गुणस्तरको पाइएपछि उक्त कम्पनीको ओफिन ट्याब्लेट किनबेचमा रोक लगाइएको हो ।
 
विभागले सूचना प्रकाशित गर्दै सुमी फर्मास्युटिकल्सद्धारा उत्पादित ब्याच नम्बर ०–२३ को ओफिन ट्याबलेट गुणस्तरहीन रहेको जनाएको छ । ‘उक्त ब्याच नम्बरको औषधी न्यून गुणस्तर भएको पाइएकोले औषधी ऐन, २०३५ को दफा १४ बमोजिम बिक्रीवितरण रोक्का गरिएको छ’, विभागले भनेको छ। 

विभागले प्रतिवन्धित ओफिन बजारबाट तुरुन्त फिर्ता लैजान तथा उक्त औषधिको विवरण पेश गर्न निर्देशन दिएको छ । साथै सो औषधिको सिफारिस, बिक्रीवितरण तथा प्रयोग नगर्न सबैलाई आग्रह गरिएको छ ।

टिप्पणीहरू