लाइन हटाउने स्वास्थ्यमन्त्रीको घोषणापछि लिखित निर्देशन

लाइन हटाउने स्वास्थ्यमन्त्रीको घोषणापछि लिखित निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई तत्काल सेवा विस्तार गर्न निर्देशन दिएको छ । मन्त्रालयले ‘विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०७७’ बमोजिम यथाशीघ्र सेवा थाल्न लिखित निर्देशन दिएको छ । 

स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच पुर्याउन २०७७ सालमा मन्त्रालयले नियमित समयबाहेक अतिरिक्त समयमा समेत सेवा प्रदान गर्ने गरी ‘विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि’ जारी गरेको थियो । कार्यविधिमा पहिलो चरणमा संघीय सरकारी अस्पताल र त्यसपछि प्रदेश तथा स्थानीय तहले आफ्नो मातहतका अस्पतालमा कार्यक्रम सञ्चालन गर्ने भनिएपनि हालसम्म कार्यान्वयन हुन सकेको छैन । 

नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पदभार ग्रहणको समयमा एक महिनाभित्र सरकारी अस्पतालमा सेवाग्राहीले लाइन लाग्न नपर्ने व्यवस्था मिलाउने घोषणा गरेका थिए । सोहीबमोजिम मन्त्रालयले नियमित समयबाहेक अन्य समयमा समेत सेवा प्रवाहका लागि ‘विस्तारित सेवा’ लागू गर्न आज निर्देशन दिएको हो ।

टिप्पणीहरू