शेखर र गगन अहिले आएर किन सशंकित !

शेखर र गगन अहिले आएर किन सशंकित !

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड दुवै मिलेर अघिल्लो सरकार बनाएकै बखत शेखर कोइराला र गगन थापा भारततर्फ भ्रमणमा निस्केका थिए । त्यसपछि रवि लामिछानेको हर्कतलाई उछाल्ने काम भयो । नयाँ गठबन्धनमा गगनलाई राम्रै पोजिशन लिएर जाने अवसर थियो तर तिनले त्यताको लोभ गरेनन् । 

यसअघि माओवादी र काँग्रेस गठबन्धनको सरकार बनेको करिब ६ महिना बितेपछि पटना युनिभर्सिटीबाट उत्तिर्ण अन्तर्राष्ट्रिय व्यक्तित्वको रुपमा रमेश लेखकलाई सम्मान गरिएको थियो । 

यसबीच आरजु राणा लगातार दिल्ली भ्रमणमा निस्किइन् । पहिला आफू र छोराको कारण जापान र बेलायत गइरहन्थिन् । चौथाईवालालाई राखी बाँधेर भाइ बनाउनेदेखि दिल्ली जाने क्रम निकै बाक्लिएको थियो । अर्कोकारण भने सांसद विनोद चौधरी पनि हुन् । उनले आफ्नो माहिलो छोराको विवाह श्री रविशंकरको बैङ्लोरस्थित आर्ट अफ लिभिङमा गराएका थिए । उनकै ठूलो भक्तका रुपमा चौधरीले पहिचान बनाएका छन् । रविशंकर भाजपा र प्रधानमन्त्री नरेन्द्र मोदीका भित्रिया मानिन्छन् । यसबीच, शंकर नेपाल आउने कार्यक्रम तय भए पनि चौधरीको भागमभाग चलेपछि त्यत्तिकै थाती रहेको थियो । यसैकारण आरजुले पनि भाजपाका धार्मिक नेताहरुसँग सम्बन्ध घनिष्ठ बनाउने अवसरका रुपमा चौधरीसँग हातेमालो गरेको अवस्था हो । 

नेपाली काँग्रेसको आर्थिक विभागमा रहेका चौधरीले यसबीच अर्थमन्त्री हुने प्रयास नगरेका होइनन् । एमालेबाट विष्णु पौडेल अर्थमन्त्री बनेपछि चौधरीको दौडधुप गानाबजानामा सीमित हुन पुगेको छ । दुईतिहाई बहुमतका आधारमा संविधान संशोधन गर्ने भनिए पनि काँग्रेसमा संस्थापन इतर पक्ष भनेर चिनिएका महामन्त्री गगन थापा दुई ठूला दलको सम्झौताले मुलुक अथोरिटेरियन (तानाशाही) तर्फ जाने खतरा भएकाले बाहिर बसेर खबरदारी गर्न आवश्यक छ भन्नेमा पुगे । 

राजनीतिक विश्लेषकहरुका अनुसार अहिलेको गठबन्धन बच्नुको प्रमुख कारणमध्ये अहिले परराष्ट्र मन्त्री बनेकी आरजु राणाको सुरक्षा एउटा कारण हो भने ‘र’का नेपाल प्रमुख राघव भटनागर चार महिनाअघि नै कार्यकाल समाप्त हुँदा पनि केही महिना थपेर बसिरहेका थिए । सत्ता गठबन्धन फेरिन लाग्ने बित्तिक्कै उनलाई बदलि गर्न अंशु शर्मा आए र सैनिक सहचारी कर्णेल अमित शर्माको बदलामा सुब्रह्यणम पठाए । काँग्रेस र एमालेबीच असार १७ गते राती रामेश्वर थापाको चपलीहाइटस्थित घरमा भएको सात बुँदे सहमतिअघि दिउँसो ३ बजे बसेको काँग्रेस पदाधिकारी बैठकमा हामी यत्तिकै हालतमा बिआरआई लिन्नौं भन्ने एजेन्डा कसलाई, किन र के सन्देश दिन खोजेको हो भन्ने प्रश्न जोडतोडा साथ उठ्न थालेको छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू