प्रधानमन्त्रीलाई विश्वासको मतसँगै माओवादीका दुई मुख्यमन्त्री बाहिरिँदै
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आज दिउँसोको बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ ।
नेपाली काँग्रेस र एमालेको स्पष्ट बहुमत भएकाले विपक्षी दलहरु माओवादी केन्द्र, रास्वपा, राप्रपा र एकीकृत समाजवादीले विपक्षमा मतदान गरेपनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत प्राप्त हुने स्पष्ट अवस्था छ ।
आजै वाग्मती र लुम्बिनी प्रदेश सभामा पनि विश्वासको मतमा मतदान हुँदैछ । उता पनि काँग्रेस र एमालेको सहमतिपछि माओवादी मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र जोखबहादुर महरा स्पष्ट अल्पमतमा परेकाले आजैदेखि पदमुक्त हुने निश्चित छ । वाग्मतीमा पहिलो पटक काँग्रेसले मुख्यमन्त्री बनाउँदै छ । नुवाकोटका बहादुरसिंह लामालाई भावी मुख्यमन्त्रीको रुपमा हेरिएको छ ।
उता सुदूरपश्चिममा विशेष अधिवेशन आह्वान गरिएको छ । बजेट शून्यतापछि काँग्रेस एमाले सांसदहरुले माग गरेको विशेष अधिवेशन पर्सि हुँदैछ । एकीकृत समाजवादीका मुख्यमन्त्री दीर्घ सोडारीले अध्यादेशबाट बजेट ल्याउने प्रयास गरेका थिए ।
टिप्पणीहरू