पाइलटको अवस्था बुझ्न सिनामंगल पुग्नुभयो प्रधानमन्त्री

पाइलटको अवस्था बुझ्न सिनामंगल पुग्नुभयो प्रधानमन्त्री

सौर्य एयरको विमान दुर्घटनामा घाइते क्याप्टेन मनिष शाक्यको अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल जानुभएको छ । 

क्याबिनेट बैठकलगत्तै उहाँ साँझ ७ बजे सिनामंगलस्थित केएमसी अस्पताल पुग्नुभएको हो । क्याप्टेन शाक्यको उक्त अस्पतालको आकस्मिक कक्ष (आइसीयू) मा उपचार भइरहेको छ ।    

आज बिहान काठमाडौँबाट पोखरातर्फ उड्न लागेको सौर्यको विमान त्रिभुवन विमानस्थलबाट उडेको केही सेकेन्डमै दुर्घटनामा परेको थियो । चालक दलका सदस्यसहित १९ जना सवार विमान दुर्घटनामा १८ जनाको घटनास्थलमा मृत्यु भएको हो । 

खतरामुक्त अवस्थामा रहेका क्याप्टेन शाक्यको उपचार जारी छ ।

टिप्पणीहरू