खोला थुन्दा माछा खर्लप्पै

खोला थुन्दा माछा खर्लप्पै

– हेम

कास्की जिल्लाको मादी–१ ठूलो गुरुङ्ग गाउँ सिक्लेस र मादी–२ ताङतिङ्गको नाम त सुन्नुभएकै होला । अहिले मादी १ र २ नम्बरको बीचमा बग्ने नदीबाट झण्डै ४ वटाजति हाइड्रोपावर बनिसकेको छ र केही बन्ने क्रममै छ ।

हाइड्रोपावरको कारण हाल मादीको पानी सुकेर नियमअनुसार बग्नुपर्ने १०% पानी हिउँदमा कति छैन । सिक्लेसमा तत्कालीन महेन्द्र प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले झण्डै ३०–३२ वर्षअगाडि १०० किलोवाट माइक्रो हाइड्रो निकालेर सिक्लेस खिलाङ्ग र पारचेमा निःशुल्क विद्युत् उपलब्ध गराउँदै आएकोमा हाल त्यही खोलामा सिक्लेस हाइड्रोपावर (जुन पहिला पोखराको बतास समूहको लगानी र पछि पूरा नहुँदै सूर्यबहादुर केसीलाई बेचियो) ले सबै पानी चलाउँदा पुरानो ऐतिहासिक माइक्रो हाइड्रो बन्द गर्नुपर्ने स्थिति आएको छ ।

त्यति मात्र नभएर  प्राइभेट हाइड्रोपावरको मुहानसम्म जाने बाटोमा पर्ने कैयौं सोझा गुरुङको जग्गा मासिए तापनि मुआब्जा दिइएको छैन तर अलि टाठाबाठा २–४ जनालाई भित्रभित्रै दिइएको छ । यस कार्यमा मादी–१ का बासिन्दा र सिक्लेस गाउँकै हाल एमालेबाट प्रतिनिधिसभामा कास्की–१ का निर्वाचित माननीयको ठूलो हात छ ।

झन् मादी–२ अन्तर्गत सुपर मादीबाट त माननीयले फ्री सेयर लिएको सबैलाई जानकारी छ तर कोही गुरुङ अगाडि आएर बोल्न सक्दैनन् । चन्द्र ढकाल समूहले सिक्लेस कोरी केबलकार बनाउने भनेर स्टेसन वरिपरिका प्रायः जग्गा कब्जा गरिसकेका छन् तर मुद्दा परेका कारण अदालतले हाल काम रोक्का गरेको छ । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू