भटाभट ज्यान जाँदा पनि छानबिन भएन

भटाभट ज्यान जाँदा पनि छानबिन भएन

बन्दुक बोकेर लडाइँ गर्ने सिपाहीलाई ओभरसियर हाकिमले तालिम दिएपछि धमाधम सशस्त्र जवानहरू कालको मुखमा पर्दैछन् । बाँकेको नौबस्तास्थित सशस्त्र प्रहरी जवान तालिम शिक्षालयका एक तालिमे जवानको यसरी नै मृत्यु भएको छ । साउन ७ गते आधारभूत तालिममा बिहान साढे ६ बजे पिटी खेल्दै गर्दा बेहोस भएका दुईमध्ये एक जवान कविराज बुढाको मृत्यु भएको छ । अर्का जवान टोपेन्द्र शाहीको भने स्वास्थ्य अवस्थामा केही सुधार आएको छ । उनीहरूलाई बेहोस हुनासाथ कोहलपुर मेडिकल कलेजमा लगिएको थियो ।

सोही दिन थप उपचारका लागि नेपाली सेनाको स्काई ट्रकबाट काठमाडौं ल्याइएकोमा सशस्त्र प्रहरी अस्पतालमा थप उपचार गर्दागर्दै सवा १० बजे मृत्यु भएको बताइन्छ । यसअघि पनि ककनीमा तालिमे दुई जनाको काठमाडौं आउँदा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको थियो । बाइक लिई बाहिर जान नपाउने नियम भए पनि कमाण्डेन्ट राजेन्द्र खड्काले दुवैलाई बिदामा छाडेपछि यो दुर्घटनामा परी दुवैको मृत्यु भएको हो ।

उता, नौबस्ता शिक्षालयको समादेशकमा एसपी प्रविण पौडेल छन् । उनी प्राविधिक ओभरसियरबाट जागिरमा प्रवेश गरेका हुन् । जम्माजम्मी तीन महिनामात्र प्राविधिक तालिम लिएका छन् । तीन महिने तालिम गरेका समादेशलाई ९ र ११ महिने इन्फेन्ट्री तालिमको अनुभव हुँदैन । तालिम र तालिमेहरूबीच तालमेल नमिलेपछि यस्तो अनपेक्षित दुःखद घटना सशस्त्र प्रहरीमा हुने गरेको बताइन्छ । पौडेल रवि लामिछाने गृहमन्त्री हुँदा पुरै पावर भिडाएर नौबस्ता पुगेका थिए ।

प्राविधिक धारबाट गएकाले स्टाफ कलेज गर्न नपर्ने, लडाइँका निम्ति खटिने जवानहरूलाई तालिमरत रहँदा हुन सक्ने समस्याबारे जानकारी नहुने अवस्था छ । यस्तो घटनाको छानबिन, अनुगमन र मूल्यांकन नहुने हो भने तालिमे जवान मरेको मर्‍यै हुने खतरा देखिन्छ । 

टिप्पणीहरू