भाग्दै भाग्दै बङ्गलादेशी प्रधानमन्त्री भारततिर

भाग्दै भाग्दै बङ्गलादेशी प्रधानमन्त्री भारततिर

सयौंको हताहतीपछि देश छाडेर भागेकी बंगलादेशी प्रधानमन्त्री शेख हसिना वाजेद सेनाको हेलिकोप्टरमा दिउँसो कोलकाता पुगेकी छन् । त्यहाँ पनि सुरक्षित नदेखिएपछि उनी राजधानी नयाँ दिल्लीतर्फ जान लागेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

हसिना दिउँसो साढे २ बजे ढाकास्थित प्रधानमन्त्री निवासबाटै सेनाको हेलिकोप्टरमा भारतको पश्चिम बंगालस्थित कोलकाता गएकी थिइन् । देश छाड्नुअघि उनले राष्ट्रको नाममा सम्बोधन गर्न खोजेकी थिइन्  । तर, त्यो सम्भव नभएपछि बहिनीसँगै मुलुक छाड्ने निर्णय गरेकी हुन् ।

 
यसबीच बंगलादेशमा सेना प्रमुखले राष्ट्रका नाममा सम्बोधन गरेर अन्तरिम सरकार गठनको प्रक्रिया अघि बढेको जानकारी दिएका छन् । सरकारको नेतृत्व सेनाले गर्ने उनले स्पष्टसँग बताएका छन् । 

भारतले बंगलादेशसँगको आफ्नो रेल सेवा स्थगित गरेको छ । ढाकामा हसिना सरकार ढलेकोमा विपक्षी दललगायतले खुशी मनाएका छन् ।

टिप्पणीहरू