अनलाइन औषधि बिक्री वितरण मापदण्ड सुझावका लागि १० दिनको म्याद

अनलाइन औषधि बिक्री वितरण मापदण्ड सुझावका लागि १० दिनको म्याद

औषधि व्यवस्था विभागले ‘अनलाइन औषधि बिक्रीवितरण मापदण्ड, २०८१’ को मस्यौदा तयार पारेको छ । विभागले औषधिको बिक्रीवितरणमा कुशलता, प्रभावकारिता, गुणस्तरीयता एवम् प्रतिस्पर्धा कायम राख्दै जनताको अपेक्षा एवम् आकांक्षालाई सम्बोधन गर्ने उद्देश्यले मापदण्ड तयार पारेको जनाएको छ । 

औषधि बिक्रीवितरण संहिता, २०८० को दफा ८ को उपदफा १० बमोजिम मापदण्डको मस्यौदा तयार पारी अन्तिम चरणमा पुर्याइएको हो । विभागले मापदण्डको मस्यौदा आफ्नो वेबसाइटमा राखेको छ । कुनै रायसुझाव भए सम्बन्धित सरोकारवालालाई आगामी १० दिनभित्र विभागको इमेलमा पठाउन आग्रह गरिएको छ । 

‘उक्त अनलाइन औषधि बिक्रीवितरण मापदण्ड, २०८१ सम्बन्धी उपयुक्त रायसुझाव भएमा यो सूचना प्रकाशन भएको मितिले दश दिनभित्र तोकिएको ढाँचामा विभागको आधिकारिक इमेल ठेगानामा पठाउन सम्बन्धित सरोकारवाला सबैलाई अनुरोध गरिन्छ,’ विभागद्वारा जारी सूचनामा उल्लेख छ ।

टिप्पणीहरू