बंगलादेशी केन्द्रीय बैंकका गभर्नर बेपत्ता, सबै डेपुटीको राजीनामा
राजनीतिक उथलपुथलको असर बंगलादेशको केन्द्रीय बैंकमा पनि परेको छ । त्यहाँका कर्मचारीको चर्को विरोधपछि चारै जना डेपुटी गभर्नर राजीनामा दिन बाध्य भएका छन् ।
रोयटर्सका अनुसार चारै जना डेपुटीमाथि झण्डै चार सय जना कर्मचारीले भ्रष्टाचारको आरोप लगाउँदै आन्दोलन गरेपछि राजीनामा दिइएको हो ।
बंगलादेशमा भएको विद्यार्थी आन्दोलन चर्केपछि गभर्नर अब्दुर रौफ तालुकदार र दुई जना डेपुटी कार्यालयमा अनुपस्थित भएका थिए ।
टिप्पणीहरू