पशुपतितिर धर्मका नाममा जे जे पाक्दैछ
करोडौं हिन्दूको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा यतिबेला एक महिने कोटिहोम महायज्ञ चलिरहेको छ । मन्दिर परिसरस्थित वनकाली हंसमण्डप क्षेत्रमा लगाइएको उक्त कोटिहोमले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा पाएको छ । कोटिहोममा कथावाचन गर्न विभिन्न मुलुकबाट कथावाचकहरु आएका छन् ।
विश्वप्रख्यात कथावाचिका देवी प्रतिभा १४ दिन कथावाचन गरेर भारत फर्किइन् । नेपालकी चेली उनको कथावाचन शैलीको जति प्रशंसा भयो,हल्का विरोध पनि । उनको कतिपय अभिव्यक्तिको कडा आलोचना भयो । पतिले जतिसुकै नराम्रो व्यवहार गरे पनि पत्नीले सहेर बस्नुपर्ने अभिव्यक्ति निकै विवादमा तानियो ।
कोटिहोममा कथावाचन गर्न बायोलोजीकी विद्यार्थी चन्द्रकला शखी पनि बेलायतबाट आएकी छन् । मधुर स्वर र मीठो मुस्कान भएकी उनी पनि विवादरहित रहिनन् । ‘गोरुको भोजन मयुर’ भनेपछि उनको चर्को आलोचना भयो । अन्ततः उनले माफी मागिन् । राधिका दासीले पनि कोटिहोममा कथावाचन गरिन् । भारतका सु–प्रसिद्ध कथावाचक अनिरुद्धाचार्यजी महाराज पनि कथा सुनाउन आएका थिए ।
त्यस्तै,विश्वकै कान्छी भागवत कथा वाचिकाको रुपमा स्थापित अनुराधा पाण्डेयले पनि कोटिहोममा प्रवचन सुनाइन् । गुल्मीमा जन्मिएर वृन्दावनमा भागवत कथा अध्ययनरत उनको कथा सुनेर भक्तजनहरु मन्त्रमुग्ध भए । ९ वर्षकी उनको कथावाचन गर्ने शैली देखेर भक्तजनहरु आश्चर्यचकित भएका थिए । डा.कान्ता भट्टराईले श्रीमद देवी भागवत महापुराण वाचन गरिरहेकी छन् ।
तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुन उक्त महायज्ञमा सहभागी हुन चितवन पुगेका थिए । तर, ठगीधन्दा बाहिर आएपछि उनी महायज्ञको उद्घाटन नै नगरिकन फर्किए । अहिले फेरि तिनै व्यक्तिले गेरुवस्त्र धारण गरेर भक्तजनहरुको धार्मिक आस्थामाथि खेलबाड गरिरहेका छन् ।
उनी तत्कालीन राप्रपा नेपालको तर्फबाट महिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री बनेकी थिइन् । बलात्कार आरोपी (सिद्धबाबा) भनिने कृष्णराज गिरी पनि कथावाचन गर्न पुगेका थिए । कोटिहोमका संकल्पकर्ता विजय भण्डारी उर्फ बालयोगेश्वर विजयकृष्ण मूर्तिजी महाराजलाई हौसला दिँदै उनले भनेका थिए,‘हात्ती चले बजार, तो कुत्ता भुके हजार ।’
सिद्धबाबाको भनाइ अहिले निकै चर्चामा छ । एउटा आरोपितले अर्को आरोपितलाई त्यस प्रकारको हौसला दिएपछि चर्चामा आउनु स्वाभाविकै पनि हो । गत साउन १ गतेबाट शुरु भएको कोटिहोम साउन ३२ गतेसम्म चल्नेछ । कोटिहोममा कथावाचन सुन्न दिनहुँ हजारौं भक्तजनको घुँइचो लाग्ने गरेको छ । मुलुकभरबाट भक्तजनहरु कोटिहोममा कथा सुन्न आइरहेका छन् ।
मानव सेवा फाउण्डेशनले आयोजना गरेको कोटिहोममा थुप्रै कलाकार सहभागी भएका छन् । एलिना चौहान,पल शाह,समीक्षा अधिकारीलगायतका कलाकार कथा सुन्न कोटिहोम पुगेका थिए । गायिका इन्दिरा जोशीले कोटिहोममा जोडतोडको प्रस्तुति पनि दिएकी थिइन् । त्यस्तै, उक्त कोटिहोममा राजनीतिज्ञहरु पनि सहभागी भए ।
विवादित पात्रद्वारा कोटिहोमको कमाण्ड
कोटिहोमको कमाण्डर बालयोगेश्वर विजयकृष्ण मूर्तिजी महाराज विवादित पृष्ठभूमिका व्यक्ति हुन् । धर्मको आवरणमा विगतदेखि नै ‘लुटको स्वर्ग’ मच्चाउँदै आएको उनको अहिले कोटिहोम आयोजना गर्ने प्रमुख उद्देश्य उठ्तीपुठ्ती र पापमोचन नै हो । केही वर्ष अघिसम्म आफूलाई विष्णु प्रपन्नाचार्यको नामबाट चिनाउँदै आएका उनले आफ्नो विगतका ‘दोष’ लुकाउन नामै परिवर्तन गरेका छन् ।
विष्णु प्रपन्नाचार्यबाट उनको नाम बालयोगेश्वर बनेको छ । कोटिहोममा पुगेका कसैले उनको विगतबारे प्रश्न उठाएमा कुरा अन्तै मोडिदिने गरेका छन् । अनाथको अभिभावक भनेर आफूलाई चिनाउँदै आएका उनी ठगीमा यसअघि पटकपटक जेल परिसकेका छन् । विदेश पठाउने भन्दै सीधासाधी युवाबाट एक करोडभन्दा माथि ठगेको आरोप छ ।
काठमाडौं जिल्ला अदालतले ठगी कसूरमा दोषी ठहर गर्दै दुई वर्ष ६ महिना जेल सजाय तोकेको थियो । हाल उनको कोटिहोममा भक्तजनबाट पैसा उठाउने मेला चलिरहेको छ । चेलाहरुले कोटिहोममा पुगेका भक्तजनहरुसँग मुख फोरेरै यति–उति भनेर माग्ने गरेको बताइन्छ ।
अधिकांशले उक्त कोटिहोमलाई ‘ठग्ने’ र ‘ठगिने’ को मेला भनिरहेका छन् । धर्मको नाममा कोटिहोममार्फत समाजमा विकृति फैलाइरहेको जानकारहरु बताउँछन् । जसले बढी रकम दान गर्दछ,उसलाई प्रमाणपत्रसहित सम्मान गरिन्छ । धनी र गरिब हेरेर धर्मका नाममा अर्कै धन्दा चलिरहेको गुनासो छ ।
महाराजको ठगीले उपराष्ट्रपति ‘जिल्ल’
उनले केही वर्षअगाडि चितवनको नारायणी नदी किनारमा कोटिहोम आयोजना गरेका थिए । सो कोटिहोम एक महिना चल्ने भनिएको थियो । कोटिहोमको मूलवाचक उनी थिए । तर,आफ्नो ठगीधन्दा बाहिर आएपछि महायज्ञ छोडेरै भागे । तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुन उक्त महायज्ञमा सहभागी हुन चितवन पुगेका थिए । तर, ठगीधन्दा बाहिर आएपछि उनी महायज्ञको उद्घाटन नै नगरिकन फर्किए । अहिले फेरि तिनै व्यक्तिले गेरुवस्त्र धारण गरेर भक्तजनहरुको धार्मिक आस्थामाथि खेलबाड गरिरहेका छन् ।
सामाजिक सञ्जालमा ‘ठगीधन्दा’ को विरोध
धर्ममाथि आस्था राख्नु राम्रो कुरा हो । तर, आस्थालाई अन्धविश्वास बन्न दिनुहुँदैन । भक्तजनले राखेको आस्थाको फाइदा उठाएर कतिपयले आफ्नो धन्दा चलाइरहेका छन् ।
हाल सामाजिक सञ्जालमा उक्त कोटिहोम र महाराजको ठगीधन्दाको विरोध भइरहेको छ । यामबहादुर रोकामगरले लेखेका छन्,‘ठग्ने र ठगिने मेला । धर्मको नाममा व्यापार गर्ने ढोंगीहरुको जालमा पर्दै हामी विचरा पढेलेखेका अनपढचाँहि पैसा फाल्न जान्छौं । भगवानले भक्तहरुसँग पैसा होइन्,भक्ति माग्नुहुन्छ ।’
त्यस्तै,अर्कोले भनेका छन्,‘पशुपतिनाथ मन्दिरमा कथावाचन गर्ने कोही नेपाली थिएनन् र विदेशी भइसकेका विदेशी नागरिक लिएर नेपाल राष्ट्रविरुद्ध बोल्न लगाइयो,विदेशीको इशारामा नेपाल भारतको भाग थियो भन्न लगाइएको छ । धर्मको नाममा यो विकृतिको बिजारोपण कहिलेसम्म गर्ने ?’
सामाजिक सञ्जालमा भेटिएको छ,‘दान गर्ने सेवा गर्नु नै छ भने दिन दुःखी गरिब टुहुराटुहुरीलाई गर्नु । यी ढोंगीहरुले व्यापार गर्ने ठाउँमा गएर नगर्नुस्, हजुरहरुलाई पुण्य मिल्दैन ।’
कोटिहोममा पत्रकारमाथि हातपात
कथावाचिका देवी प्रतिभामाथि प्रश्न गर्दा दुई जना पत्रकार कुटिएका छन् । रिपोर्टिङका लागि पुगेका पत्रकारमाथि आयोजक पक्षले हातपात गरेको हो । पत्रकार प्रिन्स मिश्र र क्यामरा पर्सन अखिल मिश्रमाथि हातपात भएपछि विभिन्न संगठनले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका थिए । यता, फाउण्डेशनले भने सो विषयमा सहमति भइसकेको जनाएको छ ।
सञ्चारमाध्यमको कार्यालयमै ‘गुण्डागर्दी’
आफूविरुद्धको समाचार रोक्न महाराजले सञ्चारमाध्यमको कार्यालयमै ‘गुण्डागर्दी’ देखाउन थालेका छन् । उनले ‘दियोपोस्ट’ नामक अनलाइन पोर्टलकै कार्यालयमा एक महिलासहित अन्य केही व्यक्तिलाई पठाएर पत्रकारलाई धम्काएका हुन् । सो अनलाइनले उनीहरुका गतिविधिको सिसिटिभी फुटेज युट्युबमार्फत सार्वजनिक गरेको छ । त्यस्तै, ती महिलाले फोनमार्फत पत्रकारलाई समाचार रोक्नका लागि धम्काएको अडियो पनि सार्वजनिक गरिएको छ ।
विज्ञापन दिएर सञ्चारमाध्यमको मुखमा ताला
भनिन्छ नि,‘नपाएसम्म कराउने,पाएपछि कता हराउने–हराउने ।’ केही सञ्चारमाध्यमले सो भनाइसँग मिल्दोजुल्दो प्रवृत्ति देखाएका छन् । विगतमा महाराजको ठगीधन्दा छताछुल्ल पार्ने सञ्चारमाध्यमहरु अहिले भने मौन छन् ।
आफूविरुद्धको समाचार रोक्न महाराजले यसपटक राम्रै जुक्ति लगाएका छन् । उनले विज्ञापन दिएर सञ्चारमाध्यमहरुको आवाज र कलम रोकिदिएका छन् ।
टिप्पणीहरू