माओवादी बैठकमा बङ्गलादेश घटना प्रवेश

माओवादी बैठकमा बङ्गलादेश घटना प्रवेश

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बंगलादेश घटनाबाट नेपालले शिक्षा लिन सक्ने बताउनु भएको छ । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा आजबाट शुरु भएको स्थायी कमिटी बैठकमा उहाँले बंगलादेशको घटना र त्यसको नेपाल प्रभावबारे समीक्षा गर्नुभएको हो । 

‘अहिले बंगलादेशको घटनाले नेपालसहित विश्वका अन्य देशहरुलाई पनि राम्रै प्रभाव पारिरहेको छ’, उहाँले भन्नुभयो, ‘यो घटनाबाट नेपाल र यहाँका राजनीतिक दलहरुले शिक्षा लिने अवसर मिलेको छ ।’ 

अध्यक्ष प्रचण्डले केपी ओली नेतृत्वको सरकारद्वारा भ्रष्टाचारविरोधी काम अघि बढाउनुको सट्टा राम्रा कामहरुलाई समेत अवरोध गर्ने काम भइरहेको दावी गर्नुभयो । डेडिकेटेड र ट्रंकलाइनको विवादलाई लक्षित गर्दै भन्नुभयो, ‘अघिल्लो सरकारले गरेको सुशासनको काम, भ्रष्टाचारविरोधी काम अगाडि बढाउनुको सट्टा यो सरकारले राम्रा कामहरुमा पनि अवरोध सिर्जना गरिरहेको छ।’

त्यस्तै भोलिको बैठकमा पार्टीको वैचारिक, राजनीतिक,सांगठनिक परिस्थिति र कार्यभारबारे छलफल हुने बताइएको छ ।

टिप्पणीहरू