वकिलको नेता छान्न एमालेमा भोटिङ्ग

वकिलको नेता छान्न एमालेमा भोटिङ्ग

विशेष अदालत बारको निर्वाचन भोलि हुँदैछ । एमालेनिकट वकिलहरुको संगठन पिपिएलए र माओवादी वकिलहरुको एनएलए एकातिर र माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका वकिलसँगै नेपाली काँग्रेसको डिएलए अर्कोतर्फबाट भिड्दैछन् । 

अध्यक्षमा उम्मदेवारी दिएका पिपिएलए आवध्द टिका कुँवर निर्विरोध निर्वाचित भइसकेका छन् । उपाध्यक्षमा काँग्रेसले पवित्रा राउत र एमालेले शशी मरासिनीलाई प्रतिस्पर्धामा उतारेको छ । त्यसैगरी सचिवमा काँग्रेसले मनिषा बस्नेतलाई अघि सारेको छ । बस्नेत अधिवक्ता यदुनाथ खनालको ल फर्ममा आवध्द छिन् । खनाल नेपाल बारको आगामी निर्वाचनमा डिएलएको तर्फबाट अध्यक्षका सम्भावित प्रत्यासी हुन् । विशेषको निर्वाचनमा सचिव पदका निम्ति एमालेको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापाको ल फर्ममा आबद्ध बञ्जाडे थरका अधिवक्ता अघि सारिएका छन् । 

सदस्यमा काँग्रेसले एउटा मात्रै उम्मेदवार उठाएको छ । विशेष बारमा एमालेले माधव नेपालको एकीकृत समाजवादी निकटबाहेक अरु सबै वामसँग तालमेल गरेको जनाएको छ । जसअनुसार अध्यक्ष,सहसचिव र कोषाध्यक्ष पदका उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।

पिपिएलएका एक जना अधिवक्ताले भने,‘डिएलएलाई एउटा सदस्य दिएर सहमतिको बार बनाऔं भनियो । तर यदुनाथले कुनै हालतमा सचिव चाहिन्छ भनेपछि कुरै मिलेन । हुनत डिएलएभित्र दुई धार देखियो । डिएलए महासचिव विशेष बारको निर्वाचनमा उपाध्यक्ष र सदस्य लिएर जानुपर्छ भन्ने लाइनको पाइयो । अध्यक्ष चाहिँ सचिव चाहिनेमा अडिए ।’

पिपिएलएका महासचिव अमर थापाले खतिवडा र कुँवरको छिनोफानो लागेपछि नामै तोकेर आन्तरिक रुपमा उम्मेदवार घोषणा गरेको बताइन्छ ।

विगतदेखि नै पाटन उच्च अदालत बारमा एमाले,काठमाडौं जिल्ला अदालत बारमा काँग्रेस,सर्वोच्च अदालत बारमा मिसमास र ललितपुर जिल्ला अदालत बारमा माओवादीको पकड रहँदै आएको छ ।

यसअघि अध्यक्ष उम्मेदवार चयनमा एमालेको पिपिएलएभित्र मतदान गरिएको थियो । उच्च अदालतभित्रको पार्टी युनिटमा  अध्यक्षका प्रत्यासी छिन्न उपाध्यक्ष राधिका खतिवडा र सचिव टिका कुँवरबीच गोप्य मतदान हुँदा क्रमशः १० र १८ मत खसेको बताइन्छ । उक्त कमिटीमा पार्टी इञ्चार्ज सीताराम अधिकारी छन् ।
एमाले स्रोतका अनुसार विशेषमा पहिलो पटक आन्तरिक प्रतिस्पर्धाबाट उम्मेदवार चयन भएको हो । राधिका र टिकाबीच उम्मेदवारीमा निकै टक्कर देखिएपछि समस्या समाधानका लागि मतदानको बाटो रोजिएको बताइन्छ । एक जना नेताले भने,‘राधिकालाई बारमा पनि महिला अध्यक्षको रुपमा अगाडि बढाऔं भन्ने सल्लाह थियो तर उहाँले मतदान गरौं भन्नुभयो ।’

पिपिएलएका महासचिव अमर थापाले खतिवडा र कुँवरको छिनोफानो लागेपछि नामै तोकेर आन्तरिक रुपमा उम्मेदवार घोषणा गरेको बताइन्छ । सचिवको उम्मेदवार चयनमा पनि सामान्य विरोध भएपछि पार्टीले आन्तरिक चुनाव गरेर प्रजातान्त्रिक प्रक्रिया अपनाउन निर्देशन दिएको थियो ।

यता उच्च अदालत पाटनमा आगामी  भदौ १ गते निर्वाचन हुँदैछ । जसमा  एमाले उम्मेदवार विदुरकुमार ढुंगाना अध्यक्षका उम्मेदवार छन् । उनलाई माओवादीहरुले समर्थन गरेको बताइन्छ । त्यहाँ पनि काँग्रेस र माधव नेपाल निकट कानुन व्यवसायीहरुबीच गठबन्धन छ । 

ढुंगानाविरुद्ध एकीकृत समाजवादी निकट एसपीएको तर्फबाट अध्यक्षमा गोपाल श्रेष्ठ उठेका छन् । सचिवमा काँग्रेसको डिएलएले उम्मेदवारी दिएको छ ।

टिप्पणीहरू