अर्यालको किन यति साह्रो अपमान !

अर्यालको किन यति साह्रो अपमान !

पार्टी केन्द्रीय समितिमा गतहप्ता अनेकथरि मान्छे थप हुँदा पनि निरन्तर सक्रिय पत्रकार गुल्मी जिल्लाका राजेन्द्र अर्याललाई कुनै ठाउँ दिइएन । उनी समाजवादी प्रेसका अध्यक्ष वरिष्ठ पत्रकार शम्भु श्रेष्ठ उता छुटेजस्तै उनी पनि प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्ष हुन् । 

उपमहासचिव प्रदीप ज्ञवाली पर्यटन मन्त्री हुँदा भरपर्दो सहयोगी र सल्लाहकारको जिम्मेवारीसमेत निभाएका उनको पार्टीले योग्यता र क्षमताको उचित कदर नगरेको बताइन्छ । त्यसो त चितवनमा सम्पन्न दशौं महाधिवेशनमा महासचिव शंकर पोखरेललाई सहयोग गर्न भन्दै उनैको संयोजकत्वमा प्रमोद दाहाल, डिल्ली बिसी (बाँके जिल्ला अध्यक्षमा उठेकां) सहित ५ जनाको मिडिया परिचालन समिति बनेकोको थियो । यो समूहले चाहेजस्तै एमालेमा अध्यक्ष, महासचिव र उपमहासचिव बने पनि । 

हाल एमालेको कुनै पनि जिम्मेवारीमा नरहेका अर्याललाई प्रचार विभाग बनाउँदा प्रमुख पृथ्वीसुब्बा गुरुङले सदस्यको लिस्टमा राखेका थिए । तर, जब त्यो लिस्ट महासचिव शंकर पोखरेलले पढे तत्कालै नाम काट्न लगाए । लिस्टमा रहेका उनीबाहेक सबै जना प्रचार विभागमा अटे । वैकल्पिक उजिर मगरमाथि तानिए । प्रचार विभागमा ठाउँ नदिएपछि जिल्लातिर गएका अर्याललाई प्रदेश कमिटीमा पनि ठाउँ दिइएन । जिल्ला अध्यक्ष हुने रहर राख्दा पदाधिकारीसमेत हुन दिइएन । यसैबीच, अर्यालले जिल्लाबाट आएर अध्यक्ष ओलीसँग भेट गरेपछि अध्यक्ष सकारात्मक रहेको अनुमान लगाएका थिए ।

प्रदीप ज्ञवाली, राजेन्द्र अर्याल र तत्कालीन जिल्ला अध्यक्ष सूर्य थापा एकै पक्षमा थिए । ऊर्जामन्त्री रहँदा पीए रहेका र इश्मा गाउँपालिकामा उठेका गोकर्ण विष्टको नजिकका उम्मेदवार हिराबहादुर अर्याललाई हराएपछि जितुवा अध्यक्ष बालसिंह काउछालाई.लिएर बालकोट गएका र स्यावासी पनि पाएका थिए ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू