मन्दिर हिँडेका भक्तजनबीच हानाहान र भागदौड, सातको मृत्यु

मन्दिर हिँडेका भक्तजनबीच हानाहान र भागदौड, सातको मृत्यु

भारतीय राज्य बिहारको जहानाबाद जिल्लास्थित बाबा सिद्धेश्वरनाथ मन्दिरमा हानाहानपछि मच्चिएको भागदौडमा कम्तीमा सात जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा डेढ दर्जन बढी घाइते भएको बताइएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार भक्तजनहरुबीच विवाद भएपछि हानाहान र भागदौड मच्चिएको थियो । उनीहरु बिहान सबेरै भगवान शिवलाई जल चढाउन मन्दिरतर्फ जाँदै थिए ।

मुख्यमन्त्री नितिश कुमारले मृतकका परिवारलाई चार लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । घटनास्थलको अवस्था अहिले सामान्य रहेको बताइन्छ ।
 

टिप्पणीहरू