'फर्स्ट लेडी'को रहरमा बालुवाटारमा जनता लाइब्रेरी

'फर्स्ट लेडी'को रहरमा बालुवाटारमा जनता लाइब्रेरी
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा ‘पिपुल्स लाइब्रेरी’ खोल्नुभएको छ । पत्नी राधिका शाक्यको चाहनामा बालुवाटारको खाली पुस्तकालयलाई ‘पिपुल्स लाइब्रेरी’ बनाएको उहाँले आज जानकारी दिनुभएको हो । 
 

प्रधानमन्त्रीका अनुसार विभिन्न लेखकले हस्ताक्षर गरेका र पाठकले मन पराएर दिएका पुस्तकहरु लाइब्रेरीमा राखिने छ । शाक्यले दैनिक एक घण्टा पुस्तक ग्रहणको लागि समय दिनुहुनेछ । ६० वटा तख्ता रहेको उक्त लाइब्रेरीमा १२ सयदेखि दुई हजार पुस्तक अट्ने पनि प्रधानमन्त्री ओलीले जानकारी दिनुभएको छ । 

'बालुवाटारमा खाली रहेको पुस्तकालय कोठा देखाउँदै राधिकाबाट प्रस्ताव आयो -यहाँ पिपुल्स लाइब्रेरी बनाऔं ।  त्यहाँ पुस्तक राख्ने ६० वटा तख्ता रहेछन् । राम्रोसँग मिलाएर राख्दा १२ सय देखि २ हजार वटा पुस्तक अट्ने रहेछ', ओलीले फेसबुकबाट भन्नुभएको छ, । 'राधिकाको भनाइ थियो– ‘यहाँ सबैले पढेर मन पराएका पुस्तकहरु राख्नुपर्छ।’

टिप्पणीहरू